आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

Spread the love

आइतबार ३ जेठ २०८३
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले विभिन्न क्षेत्रमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भने तापक्रम बढ्न सक्ने जनाइएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x