सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर धम्की दिने युवक पक्राउ

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

शनिबार २ जेठ २०८३
काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी राष्ट्रसेवक कर्मचारीलाई भय, त्रास र दबाब सिर्जना गर्ने उद्देश्यले अश्लील तथा अमर्यादित भाषा प्रयोग गर्दै धम्की दिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराई ले जानकारी दिएका छन्।
यसअघि उक्त घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत निर्देशन दिएको थियो। वडासचिव कमल भण्डारीलाई दिइएको धम्कीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक सार्वजनिक चासो पाएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x