सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कर्मचारीलाई राजनीति नगर्न सरकारको चेतावनी, गरे सेवाबाट हटाइने

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

बुधबार ३० बैशाख २०८३
काठमाडौं /सरकारले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट हटाउन सकिने चेतावनी दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय⁠ले बुधबार सूचना जारी गर्दै कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार नेपालको संविधान तथा निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्छ। सूचनामा निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) उल्लेख गर्दै राजनीतिमा संलग्न हुने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको स्मरण गराइएको छ।
मन्त्रालयले कर्मचारीलाई कुनै पनि राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा सहभागी हुन तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्न नपाइने स्पष्ट पारेको छ।
राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x