एसईईको नतिजा आज सार्वजनिक हुँदै, राति ९ बजेदेखि हेर्न मिल्ने

सोमबार २८ बैशाख २०८३
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्डले सोमबार बसेको बैठकबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार विद्यार्थीहरूले आज बेलुका ९ बजेदेखि नतिजा हेर्न सक्नेछन्।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण यसपटक नतिजा छिट्टै सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।
यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE