सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

लोकतन्त्रका आधारभूत पक्षमाथि गलत काम स्वीकार्य हुँदैन : गगन थापा

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

शनिबार २६ बैशाख २०८३
सुदूरपश्चिम । गगनकुमार थापा ले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने बताएका छन् ।
नेपाली कांग्रेस को केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ भेलालाई सम्बोधन गर्दै सभापति थापाले शासन व्यवस्था, अर्थतन्त्र सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई सहयोग गरिने स्पष्ट पारे ।
उनले राष्ट्रियताको सवालमा कांग्रेसले कहिल्यै दलगत दृष्टिकोण नराखेको उल्लेख गर्दै वर्तमान सरकारलाई पनि आवश्यक सहयोग रहने बताए । तर लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि हुने गलत गतिविधि भने स्वीकार्य नहुने उनको भनाइ थियो ।
सभापति थापाले लोकतन्त्रमा कानुनी वैधतासँगै नैतिक वैधता पनि महत्वपूर्ण हुने बताए । उनले विगतमा कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्सम्बन्धी निर्णयका क्रममा तत्कालीन उपसभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी भए पनि कांग्रेस त्यसको विपक्षमा उभिएको स्मरण गरे ।
उनले पार्टीका नेता–कार्यकर्तालाई पराजित मानसिकता त्यागेर संगठन निर्माणमा सक्रिय हुन निर्देशन दिँदै गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्नेहरूलाई केही समय जिम्मेवारीबाट बाहिर राखिने संकेत गरे ।
कार्यक्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा ले कांग्रेसलाई नयाँ ऊर्जा र नयाँ सोचसहित अघि बढाउनुपर्ने समय आएको बताए । उनले पार्टीलाई समाजसँग जोडिएको साझा संगठनका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
महामन्त्री गुरुराज घिमिरे ले पार्टीभित्र आग्रह–पूर्वाग्रह त्यागेर संगठनलाई एकीकृत र सुदृढ बनाउनुपर्ने बताए । उनले अवसरबाट वञ्चित क्षमतावान् र निष्ठावान् नेता–कार्यकर्ताको उचित मूल्याङ्कन गरिने उल्लेख गरे ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाह ले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । उनले पूर्वसभापति शेरबहादुर देउवा लगायत नेताहरूको सम्मानजनक भूमिकामा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने बताए ।
खेमराज चौधरी को सभापतित्वमा भएको कार्यक्रममा सहमहामन्त्री प्रकाश रसाइली स्नेही ले भेलाको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा उदयशम्शेर राणा, योगेन्द्र चौधरी लगायत विभिन्न जिल्लाका नेताहरूको सहभागिता रहेको थियो ।
दुईदिने कार्यक्रममा प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिसँग विविध समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x