शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आजको मौसम : वर्षा र हिमपातको सम्भावना, केही क्षेत्रमा भारी वर्षा

Spread the love

मङ्गलबार १५ बैशाख २०८३
काठमाडौ  / देशभर हाल पश्चिमी वायु, स्थानीय प्रणाली तथा पूर्वी क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश का केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। कोशी प्रदेश का धेरै स्थानसहित अन्य प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना छ। विशेषगरी कोशी प्रदेश र गण्डकी प्रदेश का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्ले वर्षा, चट्याङ र सम्भावित पहिरो तथा बाढीका जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x