आम जनता पार्टी (आजपा) काठमाडौं जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा खगेश रन्जितकार

काठमाडौं, ६ वैशाख ।
आम जनता पार्टी (आजपा) ले आफ्नो संगठन विस्तार र सुदृढीकरण अभियान अन्तर्गत काठमाडौं जिल्ला कमिटी पुनर्गठन गरेको छ। शनिबार सार्वजनिक गरिएको विवरण अनुसार खगेश रन्जितकार को अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
नयाँ कार्यसमितिका मुख्य पदाधिकारीहरू:
आजपा काठमाडौं उपत्यका कमिटीका इन्चार्ज देवी पण्डित रेग्मी र अध्यक्ष बिजय यादव ‘निर्बिज’ द्वारा जारी विज्ञप्ति अनुसार कमिटीको नेतृत्व यस प्रकार रहेको छ:
- अध्यक्ष: खगेश रन्जितकार
- उपाध्यक्ष: दिपेन्द्र चौधरी र रामप्रबेश पटेल
- सचिव: रामनारायण साह
- सहसचिव: भागिरथ साह, उमेश साह
- कोषाध्यक्ष: ललन बैठा
सदस्य तथा अन्य जिम्मेवारी:
कमिटीको सदस्यहरूमा लक्ष्मी मगर, दिपा मगर, रमेश प्रधान, पुर्णशोभा बज्राचार्य, अप्रवी वन, रमिला बोहरा, सबिन सुबेदी, अनिश श्रेष्ठ, धर्मेन्द्र साह, जगदीश साह लगायत ५७ जना रहेका छन्।
त्यसैगरी, कमिटीको मार्गनिर्देशनका लागि निम्न अनुसारको जिम्मेवारी तोकिएको छ:
- इन्चार्ज: सुरेश साह
- सह–इन्चार्ज: जोगिन्द्र साह र कृष्ण यादव
- सल्लाहकार: गौतम रत्न शाक्य
पार्टीले उपत्यकामा आफ्नो उपस्थितिलाई बलियो बनाउन र जनसरोकारका मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउन यो नयाँ टिम परिचालन गर्ने जनाएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE