आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026

आम जनता पार्टी (आजपा) काठमाडौं जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा खगेश रन्जितकार

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, ६ वैशाख ।

आम जनता पार्टी (आजपा) ले आफ्नो संगठन विस्तार र सुदृढीकरण अभियान अन्तर्गत काठमाडौं जिल्ला कमिटी पुनर्गठन गरेको छ। शनिबार सार्वजनिक गरिएको विवरण अनुसार खगेश रन्जितकार को अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

​नयाँ कार्यसमितिका मुख्य पदाधिकारीहरू:

​आजपा काठमाडौं उपत्यका कमिटीका इन्चार्ज देवी पण्डित रेग्मी र अध्यक्ष बिजय यादव ‘निर्बिज’ द्वारा जारी विज्ञप्ति अनुसार कमिटीको नेतृत्व यस प्रकार रहेको छ:

  • अध्यक्ष: खगेश रन्जितकार
  • उपाध्यक्ष: दिपेन्द्र चौधरी र रामप्रबेश पटेल
  • सचिव: रामनारायण साह
  • सहसचिव: भागिरथ साह, उमेश साह
  • कोषाध्यक्ष: ललन बैठा

​सदस्य तथा अन्य जिम्मेवारी:

​कमिटीको सदस्यहरूमा लक्ष्मी मगर, दिपा मगर, रमेश प्रधान, पुर्णशोभा बज्राचार्य, अप्रवी वन, रमिला बोहरा, सबिन सुबेदी, अनिश श्रेष्ठ, धर्मेन्द्र साह, जगदीश साह लगायत ५७ जना रहेका छन्।

​त्यसैगरी, कमिटीको मार्गनिर्देशनका लागि निम्न अनुसारको जिम्मेवारी तोकिएको छ:

  • इन्चार्ज: सुरेश साह
  • सह–इन्चार्ज: जोगिन्द्र साह र कृष्ण यादव
  • सल्लाहकार: गौतम रत्न शाक्य

​पार्टीले उपत्यकामा आफ्नो उपस्थितिलाई बलियो बनाउन र जनसरोकारका मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउन यो नयाँ टिम परिचालन गर्ने जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x