मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

रास्वपा सचिवालय बैठक आज, संगठन विस्तारदेखि महाधिवेशन तयारीसम्मका एजेन्डामा छलफल

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

आइतबार ६ बैशाख २०८३
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (वैशाख ६) बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुने जनाइएको छ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि निर्माण, बैंक खाता सञ्चालन प्रक्रिया व्यवस्थित गर्ने, केन्द्रीय आयोग, सल्लाहकार परिषद् तथा विभिन्न विभागहरूमा मनोनयन सम्बन्धी विषयमा महत्वपूर्ण छलफल हुने एजेन्डा तय गरिएको छ।
त्यसैगरी, पार्टीको महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदा समिति गठन गर्ने, विज्ञहरूबाट नीति तथा योजना आह्वान गर्ने विषय पनि बैठकको प्राथमिकतामा राखिएको छ।
बैठकले प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण गर्ने तथा संसदीय दल सञ्चालनका लागि आवश्यक कार्यविधि र प्राविधिक सहयोगबारे समेत निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।
रास्वपाले यस बैठकलाई संगठन सुदृढीकरण र आगामी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x