कांग्रेसले सातै प्रदेशका सभापति, मुख्यमन्त्री र संसदीय दलका नेतालाई बोलायो

शुक्रबार ४ बैशाख २०८३
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्ना दलबाट नेतृत्व गरिरहेका मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरूलाई केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाएको छ ।
कांग्रेसले आगामी ६ वैशाखमा हुने बैठकका लागि प्रदेश सभापति, मुख्यमन्त्री र संसदीय दलका नेताहरूलाई उपस्थित हुन निर्देशन दिएको हो । बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको समन्वय तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी, कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।
बैठकमा विशेषगरी कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारहरूको कामलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने बुझिएको छ ।
यस्तै, गण्डकी प्रदेशमा हालै भएको मन्त्रिपरिषद् पुनर्गठनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग पर्याप्त परामर्श नगरी मन्त्री नियुक्ति तथा हेरफेर गरेको विषय पनि उठ्नेछ ।
गण्डकीमा कांग्रेस र एमालेबीच ४–४ मन्त्रालय भागबन्डा भएअनुसार मुख्यमन्त्री पाण्डेले बुधबार मन्त्री हेरफेर गरेका थिए ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE