आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026

“थरुहट राजमार्ग” नामकरणको प्रस्ताव, बुधसेन चौधरीको सुझाव

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

शुक्रबार ४ बैशाख २०८३
काठमाडौं / पछिल्लो समय देशका प्रमुख राजमार्गहरूको नामाकरणलाई लिएर बहस चर्किएको छ। विशेषगरी महेन्द्र राजमार्ग (पूर्व–पश्चिम राजमार्ग) लगायतका सडकहरूको नाम परिवर्तन गर्ने विषय सार्वजनिक चासोको केन्द्रमा परेको छ।
यसै सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत थारु साहित्यकार बुधसेन चौधरीले ऐतिहासिक र पहिचानको आधारमा राजमार्गको नामाकरण हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो विचारमा उक्त राजमार्ग थारु समुदायको ऐतिहासिक भूमि ‘थरुहट’ क्षेत्र हुँदै निर्माण गरिएको उल्लेख गर्दै, सबैभन्दा बढी जमिन योगदान गर्ने समुदायको पहिचानलाई सम्मान गरिनुपर्ने बताएका छन्।
चौधरीका अनुसार, “यो राजमार्ग थारु समुदायको वसोवास रहेको क्षेत्रको छाती चिरेर बनेको हो, त्यसैले पहिलो अधिकार पनि त्यही समुदायको हुनुपर्छ।” उनले निष्पक्ष रूपमा मूल्याङ्कन गरिए ‘थरुहट राजमार्ग’ नाम उपयुक्त हुने दाबी गरेका छन्।
उनले थप्दै राजसंस्थासँग जोडेर नाम राख्ने विकल्पमा ‘महेन्द्र थरुहट’ वा ‘थरुहट महेन्द्र’ जस्ता नाममा समेत खुला बहस हुन सक्ने उल्लेख गरेका छन्। साथै, उनले सबैलाई स्वतन्त्र रूपमा आफ्नो धारणा राख्न आह्वान गरेका छन्।
हाल राजमार्गको नाम परिवर्तनसम्बन्धी विषयमा राजनीतिक, सामाजिक तथा पहिचानका आधारमा विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। यसले आगामी दिनमा नीति निर्माण तहमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x