शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सुरुङ्गा नगरपालिकाद्वारा उपमेयर कप क्रिकेट प्रतियोगिता आयोजना

Spread the love

शुक्रबार २७ चैत २०८२
सप्तरी । सुरुङ्गा नगरपालिकाले “प्रथम उपमेयर कप क्रिकेट प्रतियोगिता” आयोजना गर्ने भएको छ। नगरपालिकाको सहयोग तथा उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
नगर कार्यपालिकाको कार्यालय, मधुपट्टी  (सप्तरी) ले जारी गरेको सूचनाअनुसार प्रतियोगिता २०८३ साल वैशाख ५ गतेदेखि सञ्चालन हुनेछ। प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नु रहेको जनाइएको छ।


प्रतियोगितामा नगरभित्रका सबै वडाबाट खेलाडीहरू समावेश गरी टिम तयार गर्नुपर्नेछ। सहभागी हुन चाहने टिमहरूले आवश्यक विवरणसहित २०८२ साल चैत ३० गतेभित्र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन समितिमा दर्ता गराउनुपर्नेछ।
नगरपालिकाले सहभागिताका लागि आवश्यक कागजातसमेत उल्लेख गरेको छ। जसअनुसार वडाको सिफारिससहित १५ जना खेलाडीको नामावली तथा खेलाडीहरूको परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्नेछ।
नगरपालिकाले सम्बन्धित सबै वडाहरूलाई प्रतियोगितामा सहभागिता जनाउन अनुरोध समेत गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x