निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

शुक्रबार २० चैत २०८२
काठमाडौं / निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार पाण्डेले ५१४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेका थिए।
त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित निर्वाचित भएका छन्।
महासचिव पदमा शिवहरी घिमिरे ५२७ मत ल्याउँदै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए।
नयाँ नेतृत्व चयनसँगै महासंघको आगामी नीति तथा कार्यक्रमप्रति व्यवसायीहरूको चासो बढेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE