एक महिना कामु प्रधानन्यायाधीशको जिम्मामा सर्वोच्च

बुधबार १८ चैत २०८२
काठमाडौं / सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल ले आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको नेतृत्व सम्हालेकी छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबार अवकाश पाएपछि वरिष्ठताका आधारमा मल्ल स्वतः सर्वोच्च अदालतको नेतृत्वमा पुगेकी हुन्।
राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए भने त्यसअघि आठ वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा कार्यरत थिए।
कायममुकायम प्रधानन्यायाधीश बनेसँगै मल्ल नेपालको दोस्रो महिला प्रधानन्यायाधीश बन्ने प्रक्रियामा पुगेकी छन्। यसअघि सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्।
संविधानको धारा २८४ (३) अनुसार प्रधानन्यायाधीशको अवकाश हुनुभन्दा कम्तीमा एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म सो प्रक्रिया पूरा भएको छैन।
अब प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह ले परिषद् बैठक बोलाएर नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेसम्म सर्वोच्च अदालत कामु नेतृत्वमै सञ्चालन हुनेछ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE