आजपालाई ठुलो झटका,केन्द्रिय उपाध्यक्ष सहित १७ जनाले दियो सामुहिक राजिनामा

शनिबार ३१ साउन २०८२
काठमाडौ / प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीबाट एकैपटक १७ जनाले सधारण सदस्य समेत नरह्नेगरीकन सामुहिक राजीनामा दिएका छन ।
आम जनता पार्टीमा विगत लामो समयदेखि विभिन्न जिम्मेवारीमा रही काम गर्दै आएका केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र तमाङ् सहित केन्द्रिय सचिव, स्थायी कमिटी सदस्य र केन्द्रिय सदस्य सहितले सामुहिक राजीनामा दिएपछि आम जनता पार्टीलाई ठुलो झटका लागेको छ ।
सामुहिक राजीनामा सम्बन्धमा ज्ञानेन्द्र तमाङ यसो भन्छ्न,: हामी अहिले उज्यालो नेपाल अभियानमा लागेकोले यस पार्टीको बैठक, छलफल तथा कार्यक्रममा सहभागि हुन र सक्रिय भूमिकामा रहन नसक्ने हुदाँ पार्टी अध्यक्ष एवम् पार्टी पङ्क्तिप्रति सद्भाव र सदासयता राख्दै आज मिति २०८२ साल श्रावन ३१ गतेबाट आम जनता पार्टीको जिम्मेवारी र साधारण सदस्य बाट हामी तपशिलका व्यक्तिहरु पार्टीमा नरहेको भनी राजीनामा गर्दछौ ।
राजीनामा दिनेहरुमा ज्ञानेन्द्र कुमार तामाङ केन्द्रीय उपाध्यक्ष,नारायण प्रसाद पाण्डे केन्द्रीय सचिव ,देवि पण्डित रेग्मी केन्द्रीय सचिव,रमेश थपलिया स्थायी कमिटि सदस्य,सागर पाण्डेय स्थायी कमिटि सदस्य,खेम थपलिया स्थायी कमिटी सदस्य,प्रशान्त तिमल्सिना स्थायी कमिटि सदस्य,सबिना बुढाथोकी केन्द्रीय सदस्य,श्रीकृष्ण श्रेष्ठ केन्द्रीय सदस्य,लक्ष्मी तामाङ केन्द्रीय सदस्य,नारायण खड्का केन्द्रीय सदस्य,योगेन्द्र कुमार मंडल केन्द्रीय सदस्य,लुपडी प्रसाद सापकोटा केन्द्रीय सदस्यविनोद ढकाल केन्द्रीय सदस्य,भरत कुमार श्रेष्ठ ,विमला विश्वकर्मा केन्द्रीय सदस्य र सुन्दर श्रेष्ठ केन्द्रीय सदस्य रहेका छन ।

त्यस्तै, यता “उज्यालो नेपाल अभियान” ज्ञानेन्द्र तमाङको संयोजकमा निम्न पधाधिकारी सहित गठन गरेका छन ।
नेपाललाई नयाँ ढंग शैली र सामर्थ्य अनुसार बिकास गर्न , मुलुक भित्रका स्रोत र सम्पदाको पहिचान गरी अधिकतम सदुपयोग गरि हाम्रै पालामा “समृद्ध नेपाल खुशी नेपाली ” को नारा लिएर उज्यालो नेपालको गठन भएको नारायण प्रसाद पाण्डेले बताए ।
अध्यक्ष – ज्ञानेन्द्र कुमार तामाङ
उपाध्यक्ष – नारायण प्रसाद पाण्डे
उपाध्यक्ष – रमेश थपलिया
उपाध्यक्ष – सागर पाण्डेय
महासचिव – प्रशान्त तिमिल्सिना
सचिव – सबिना बुढाथोकी
सदस्य लुमडी प्रसाद सापकोटा
सदस्य – योगेन्द्र कुमार मण्डल
सदस्य – श्रीकृष्ण श्रेष्ठ
सदस्य – लक्ष्मी तामाङ
सदस्य – नारायण खड्का
सदस्य – उस्मान अलि फकिर
सदस्य – बिमला बिश्वकर्मा
सदस्य – भरत कुमार श्रेष्ठ
सदस्य – बिनोद ढकाल
सदस्य – सन्तोष भण्डारी

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE