शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

मङ्गलबार १७ चैत २०८२
काठमाडौं। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको पछिल्लो विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च पुगेको छ। आजका लागि निर्धारण गरिएको दर अनुसार १ अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार अन्य प्रमुख मुद्राहरूमा पनि सामान्य उतारचढाव देखिएको छ। युरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर तथा सिङ्गापुर डलरको विनिमयदरमा वृद्धि देखिएको छ।
त्यस्तै, जापानी येन, चिनियाँ युआन, साउदी रियाल र कतारी रियालको दर पनि सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ (१००) को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने उल्लेख गरेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x