६ दिनपछि एसईई सुरु, देशैभर प्रश्नपत्र पुगिसक्यो

शुक्रबार १३ चैत २०८२
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि सुरु हुने भएको छ। परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ भने देशभर सबै परीक्षा केन्द्रमा प्रश्नपत्र पुगिसकेको छ।
परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी हुनेछन्, जसमा २ लाख ५७ हजार ५ सय २७ छात्रा र २ लाख ५२ हजार ४ सय ३४ छात्र रहेका छन्। यस वर्ष छात्राको संख्या छात्रभन्दा बढी देखिएको छ।
यसपटक देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ, जुन गत वर्षको तुलनामा ११४ ले कम हो। गत वर्ष ५ लाख १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
परीक्षालाई सुरक्षित र व्यवस्थित बनाउन करिब ३० हजार सुरक्षाकर्मी सहित ७५ हजार कर्मचारी परिचालन गरिने तयारी गरिएको छ। प्रश्नपत्रहरू केन्द्र नजिकका प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ।
विशेष व्यवस्था
मोबाइल, डिजिटल घडी, किताब, गेस पेपर पूर्ण रूपमा निषेध
कारागार र बालसुधार केन्द्रमा समेत परीक्षा केन्द्र
जापानमा पनि १ परीक्षा केन्द्र (२३ विद्यार्थी सहभागी)
प्रदेशअनुसार फरक प्रश्नपत्र व्यवस्था
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष परीक्षा अझ मर्यादित, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गरिनेछ।
परीक्षाफल असार तेस्रो साताभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE