शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

बालेन शाह पाँच वर्ष प्रधानमन्त्री रहने, सरकारलाई कसैले हल्लाउन सक्दैन : डा. अमरेशकुमार सिंह

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं, फागुन ३० । सर्लाही–४ बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले अब बन्ने सरकारको नेतृत्व बालेन शाहले गर्ने र उक्त सरकार पाँच वर्षसम्म स्थिर रहने दाबी गरेका छन्।
शनिबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘प्राइम संवाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँग कुरा गर्दै सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा गलत व्यक्तिहरूको घेराबन्दीमा परेको आरोप लगाए। उनले थापालाई त्यस्तो घेराबन्दीबाट बाहिर निस्किन सुझाव दिँदै त्यसो नगरे उनको राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने टिप्पणी गरे।
सिंहले रास्वपाको नेतृत्वमा बन्ने सरकारमा आफ्नो भूमिका के हुने भन्ने विषय पार्टी र भावी प्रधानमन्त्री बालेन शाहले नै तय गर्ने बताए। सामाजिक सञ्जालमा गैरसांसदलाई मन्त्री बनाइने चर्चा फैलिएको भए पनि त्यो भ्रम मात्र भएको उनको भनाइ छ। संविधानले संसद् बाहिरका व्यक्तिलाई मन्त्री बनाउने व्यवस्था नगरेको उनले स्पष्ट पारे।
परिवर्तनका पक्षधर आफूहरू सबै मिलेर अघि बढ्नुपर्ने बताउँदै सिंहले कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेजस्ता व्यक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे। उनले कांग्रेस–एमालेको सरकार सडकबाटै ढल्ने चेतावनी आफूले पहिले नै दिएको पनि स्मरण गराए।
आफू प्रधानमन्त्रीको दाबेदार नभएको स्पष्ट पार्दै उनले देश र जनताले चाहेको व्यक्ति बालेन शाह भएको बताए। बालेनलाई रास्वपामा ल्याउन आफूले पनि आग्रह गरेको उनको दाबी छ।
देशलाई बस्नलायक बनाउनु नै आफ्नो मुख्य उद्देश्य भएको बताउँदै सिंहले मन्त्री बन्ने व्यक्तिगत चाहना नरहेको जिकिर गरे। उनले नयाँ सरकारले सय दिनभित्र जनतालाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए। साथै राजनीतिलाई व्यापारीकरण, पारिवारिकीकरण र भ्रष्टाचारबाट मुक्त गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सिंहले अब बन्ने बालेन नेतृत्वको सरकार पाँच वर्षसम्म स्थिर रहने र कसैले पनि हल्लाउन नसक्ने ठोकुवा गरे। “जनताले पहिलोपटक आफ्नो शक्ति प्रयोग गरेका छन्, अब राम्रो काम गरेर देखाउनुपर्छ,” उनले

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x