अन्तरिम संविधानले मात्रै अहिलेको संकट समाधान हुने : प्रभु साह

बिहीबार १६ असोज २०८२
रौतहट / आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जेनजीको माग सम्बोधन र मुलुकमा देखिएको अहिलेको समस्या समाधानका लागि अन्तरिम संविधान आवश्यक भएको बताएका छन ।
दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको मर्यादपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले अन्तरिम सरकारको गठनले मात्रै जेनजी आन्दोलनको माग सम्बोधन गर्न नसकिने भएकाले त्यसका लागि अन्तरिम संविधान आवश्यक भएको बताएका छन ।
`अहिलेको संविधान र नेतृत्व दुबै फेल भयो । अहिलेकै संविधानले जेनजी आन्दोलनको माग सम्बोधन गर्न सकिदैन । जेनजी आन्दोलनको माग सम्बोधन र मुलुकमा देखिएको अहिलेको संकट समाधानका लागि अन्तरिम संविधान आवश्यक छ,´ आजपा अध्यक्ष साहले भने, `जेनजीको मुख्य माग नै सम्बोधन नगरी उनीहरुसंग धोखा भएको छ । उनीहरुको माग सम्बोधन गर्न तत्काल अन्तरिम संविधान निर्माण गर्नुको विकल्प छैन ।´
अन्तरिम सरकार गठन गरेर टालटुल गर्न खोजिएको बताउदै उनले जेनजीको मुख्य माग सम्बोधन गर्न अन्तरिम सरकारसंगै अन्तरिम संविधान आवश्यक रहेको बताए ।
सुशील कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी सहिद परिवारको तर्फबाट अनिवार्य सहभागिता हुनुपर्ने आजपा अध्यक्ष साहले बताए ।
`जुन बर्गको आन्दोलनले यस्तो परिवर्तन भयो त्यही बर्गको सरकारमा सहभागिता नहुनू दु:खद छ । यो सरकारमा जेनजी वा जेनजी सहिद परिवारको तर्फबाट अनिवार्य सहभागिताको आवश्यकता छ,´ आजपा अध्यक्ष साहले भने ।
जेनजी आन्दोलनले अहिलेको व्यवस्था, संविधान र मुख्य दलको नेतृत्व अस्वीकार गरिसकेकाले यी तीनवटैको अनिवार्य रिप्लेस नभएसम्म मुलुकमा शान्ति, समृद्धि, सुशासन सम्भव नभएको टिप्पणी उनले गरे ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE