सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

देवकुमारी चौधरीले बाढीपीडितलाई गरे राहत सामाग्री सहयोग 

  • 266
  •  
  •  
  •  
  •  
  •  
  •  
    266
    Shares

 

मंगलवार २२ असोज २०८१,
काठमाडौं / देवकुमारी चौधरीको सहयोगमा बाढीपीडित मिरा चौधरीलाई राहत सामाग्री सहयोग गरेका छिन् ।
गत असोज १२ गते आएको बाढीले धेरै ठाउँमा धनजनको क्षति पुर्यायो, बाढीले राजधानीमा समेत धेरैजसो खोला किनार आसपास बसोबास गर्नेहरुलाई उठिबास लगाए।यस्तै नेपालगन्ज घर भइ हाल ललितपुरको इमाडोलमा सामान्य ज्याला मजदुरी गर्दै आएकी मिरा चौधरीको कोठामा बाढी पस्दा खानेकुरा देखि लगाउने लत्ताकपडा सबै क्षति पुर्याएपछी बिचल्ली बनेको पत्ता लागेसगै पत्रकार तेज नारायण चौधरीको पहलमा सामाजिक अभियान्ता देब कुमारी चौधरीले पठाउनुभएको राहत सामाग्री पिडित युवतीलाई आज पत्रकार चौधरीले प्रदान गरेका छन।
मान्छेलाई जीवन जिउन गाँस,बास कपास को न्युनतम आबस्यकता पर्ने बताउदै पत्रकार चौधरीले यस बिपत्तिको घडीमा सामाजिक अभियान्ता देब कुमारी चौधरीले पठाउनुभएको राहत सामाग्री पिडित चेलीलाई उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनुभयो । राहत सामाग्री पाएपछि पिडित युवतीले खुशी हुँदै मनकारी सहयोगी दातालाई धन्यवाद दिदै दशै मनाउन अब सहज हुने बताइन् ।
स्मरण रहोस् ,सामाजिक अभियान्ता देब कुमारी चौधरीले बिगतका लकडाउनमा लाखौका राहत सामाग्री गरिब दिनदुखिहरुलाई बितरण गर्नुभएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x