सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रतिनिधिसभा निर्वाचन: मौन अवधि सुरु, के–के गर्न पाइँदैन?

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

 

 

काठमाडौं, १९ फागुन २०८२ – बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारलाई दिइएको प्रचार–प्रसारको समय सोमबार राति १२ बजेदेखि औपचारिक रूपमा समाप्त भएको हो।
निर्वाचन आयोग ले फागुन ४ गतेदेखि सोमबार मध्यरातसम्म प्रचार–प्रसारको समय निर्धारण गरेको थियो। मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा कुनै पनि किसिमको निर्वाचन प्रभावित पार्ने गतिविधि गर्न पाइँदैन।
के–के गर्न पाइँदैन?
मौन अवधिमा:
मत माग्न वा प्रचारप्रसार गर्न
सभा, भेला, भाषण, छलफल आयोजना गर्न
सामाजिक सञ्जाल (फेसबुक, भाइबर, एसएमएस लगायत) मार्फत मत माग्न
निर्वाचनलाई प्रभाव पार्ने गरी आर्थिक लेनदेन गर्न
प्रचार सामग्री वितरण वा प्रदर्शन गर्न
मतदान केन्द्रको ३०० मिटर आसपास प्रचार सामग्री राख्न
पाइने छैन।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचन प्रभावित पार्ने गरी आर्थिक कारोबार गरेको पाइए उम्मेदवारी खारेजी मात्र नभई ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने कारबाही हुनसक्छ।
‘शून्य सहनशीलता’ नीति
आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारेको छ। मौन अवधिको उद्देश्य मतदातालाई स्वतन्त्र, शान्त र विवेकपूर्ण वातावरणमा मतदान गर्ने अवसर प्रदान गर्नु हो।
यस अवधिमा निर्वाचन व्यवस्थापन निकायले मतदान केन्द्र तयारी, सुरक्षा व्यवस्थापन, मतदाता लाइन व्यवस्थापन तथा समग्र शान्ति–सुरक्षाको मूल्यांकन गर्ने कार्य अघि बढाउनेछ।
विश्वका कतिपय देशमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने प्रचलन रहेको छ। नेपालमा पनि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मौन अवधिलाई महत्वपूर्ण मानिएको छ।
निर्वाचन आयोगले उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित सबै पक्षलाई मौन अवधिमा विशेष आचारसंहिता पालना गर्न आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x