शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सिन्धुपाल्चोक–१ मा रास्वपाको शक्ति प्रदर्शन, चुनावी माहोल तातिँदै

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

शुक्रबार १५ फागुन २०८२
सिन्धुपाल्चोक – फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन आउन अब ६ दिन मात्रै बाँकी रहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनेको छ। दशकौँदेखि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिँदै आएको यस क्षेत्रमा यसपटक नयाँ समीकरण देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत प्रसाद पराजुलीले टिकट पाएसँगै मतदाता भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिएका छन्। स्थापित दलका अनुभवी नेताहरूसँग प्रतिस्पर्धा गर्दै पराजुली नयाँ एजेन्डासहित मैदानमा उत्रिएका हुन्।
यसैबीच, रास्वपाका केन्द्रीय उपसभापति डोल प्रसाद अर्यालको विशेष उपस्थितिमा आयोजित चुनावी र्यालीमा हजारौँ सर्वसाधारण सहभागी भएका छन्। क्षेत्र नम्बर १ का विभिन्न वडाबाट कार्यकर्ता तथा स्थानीयहरू लर्को लागेर बाह्रबिसे र खाडिचौरमा भेला भएको दृश्य देखिएको थियो।


कार्यक्रमका क्रममा कांग्रेस, एमाले र माओवादीभित्र असन्तुष्ट रहेको दाबी गरिएका केही कार्यकर्ताले रास्वपामा प्रवेश गरेका आयोजकले जनाएका छन्। स्थानीय तहमा ‘घण्टी’ चुनाव चिन्हप्रति आकर्षण बढेको र यसपटक परिवर्तनको पक्षमा मत हाल्ने उत्साह देखिएको रास्वपाको दाबी छ।
निर्वाचन मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक–१ मा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। स्थापित दल र नयाँ शक्तिबीचको भिडन्तले अन्तिम परिणाम कता मोडिन्छ भन्ने चासो बढाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x