शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

धादिङमा आजपा उम्मेदवार रेग्मीको घरदैलो तिब्र

Spread the love

 

धादिङ, १४ फागुन
आम जनता पार्टी (आजपा)का नेतृ एवं दादिङ–१ का उम्मेदवार जालपादेवी रेग्मी चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् । ‘सिस्टम सुधार, स्थिर सरकार । मोबाइल नै हो बदलावको अधार’ भन्ने नारा लगाउदै आजपा नेताकार्यकर्ताले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

धादिङको धुनिबेसी, रोराङ, गजुरी, गल्छी लगायत ठाउँमा रेग्मीले आम मतदाता एवं नागरिकसंग भेटघाट गर्दै जेनजीको माग सम्बोधन गर्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् ।

प्रत्यक्ष निर्वाचित प्रधामन्त्री र मुख्यमन्त्री, पूर्ण डिजिटल प्रशासन, भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गर्ने, एक घर एक रोजगारीको ग्यारेन्टी गर्ने, निशुल्क स्वास्थय र गुणस्तरीय शिक्षा, किसानलाई मासिक पेन्सन र सिँचाईको व्यवस्था, गरिब र दलितलाई पक्की आवास, कर घटाऔँ र घुस हटाऔँ (मौलापुर मोडेल), सांसदलाई फिर्ता बोलाउने अधिकार (राइट टु रिकल), जेनजीको सम्मान र समृद्ध नेपाल निर्माण गर्नु नै आफ्नो उम्मेदवारीको एजेण्डा रहेको उनले बताइन् ।

पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु धादिङबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको रेग्मीले बताएकी छन् । धादिङको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन ।

यसैगरी पार्टीको घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पुरा गर्ने उनले जनाएका छन् । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको छ ।

धादिङ जिल्लाको समग्र विकासका लागि आजपाको मोवाइल चिन्हमा सबैलाई मतदान गर्नुपर्ने अपिल आजपा समानुपातिक तर्फको उम्मेदवार देवी पण्डितले गरेकी छन् । प्रत्यक्ष एवं समानुपातिक दुवैतर्फको मतपत्रमा यसपटक मोवाइल चिन्हमै मतादन गर्न उनले मतदातासंग अपिल गरेकी छन् ।

यसैगरी धादिङ–२ का उम्मेदवार डा. नन्दप्रसाद काप्रीले पनि चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । धादिङको दुईवटै क्षेत्रमा आजपाले उम्मेदवारी दिदै बिजयी हुने अभियानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x