नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी प्रक्रिया सुरु, वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं, फागुन १२ — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। यसअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी हेमराज ढकाल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत ढकाल पक्षले विभिन्न पदका उम्मेदवार सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका उम्मेदवारहरूमा ज्योत्सना श्रेष्ठ (उपाध्यक्ष–एसोसिएट), उमेश डालमिया (उपाध्यक्ष–जिल्ला/नगर), कल्पना गैरे (उपाध्यक्ष–जिल्ला/नगर), नरेश लाल श्रेष्ठ (उपाध्यक्ष–वस्तुगत) तथा कमला श्रेष्ठ (प्रस्तावित महिला उपाध्यक्ष) रहेका छन्।
यसअघि एक सञ्चारमाध्यमसँगको विशेष अन्तर्वार्तामा ढकालले वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए। पछिल्लो घोषणासँगै महासंघभित्र चुनावी गतिविधि तीव्र बनेको छ।
महासंघको वार्षिक साधारणसभा आगामी चैत २८ र २९ गते आयोजना हुने कार्यतालिका रहेको छ। सोही सभाबाट नयाँ कार्यसमिति चयन हुनेछ। विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था छ भने अन्य पदमा भने निर्वाचनमार्फत पदाधिकारी चयन गरिनेछ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE