सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सप्तरी–४ मा आरोप–प्रत्यारोप: रामाकान्त चौधरीको प्रश्न – “पार्टीलाई धोखा दिनेले जनतालाई नदेला भन्ने के ग्यारेन्टी?”

  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

सोमबार ११ फागुन २०८२
सप्तरी । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामाकान्त चौधरीले सप्तरी क्षेत्र नं. ४ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको बताएका छन्। उनले विगतमा एउटै पार्टीबाट विभिन्न जिम्मेवारी र अवसर पाएका तर जनताबाट निर्वाचित हुन नसकेका एक उम्मेदवारले अहिले पार्टी परित्याग गरेको आरोप लगाएका छन्।
चौधरीले २०७४ मा प्रदेश सभा सदस्य (क) का लागि टिकट पाएको, २०७९ मा खडक नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएको तर जनताले नछानेको पृष्ठभूमि स्मरण गराउँदै “पार्टीलाई धोखा दिने व्यक्तिले भोलि जनतालाई धोखा नदेला भन्ने के ग्यारेन्टी?” भन्ने प्रश्न उठाएका छन्।
उनले उक्त टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सिताराम साहप्रति लक्षित भएको संकेत गरेका छन्। चौधरीले मतदातालाई व्यक्तिको राजनीतिक स्थिरता, प्रतिबद्धता र विगतको भूमिकाको मूल्यांकन गर्न आग्रह गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x