शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेशमै अवसर दिने तिलक थापा मगरको प्रतिबद्धता

  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares

काठमाडौं, १० फागुन ।
आम जनता पार्टी (आजपा) का सह–अध्यक्ष एवं काठमाडौं–२ का उम्मेदवार तिलक थापा मगर ले आफ्नो चुनावी भेटघाट, छलफल तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
विदेशी भूमिमा पसिना बगाइरहेका लाखौँ नेपाली युवाको पीडा र भावनासँग जोडिएको एजेन्डा अघि सार्दै मगरले “स्वदेशमै रोजगारी, स्वदेशमै सम्मान” को नारा दिएका छन्। उनका अनुसार नेपालमा उत्पादन, उद्योग र स्वरोजगारको वातावरण सिर्जना नगरेसम्म वैदेशिक पलायन रोकिने छैन।  कार्यक्रममा मगरले मतदातासँग प्रत्यक्ष संवाद गर्दै यसपटक मोबाइल छाप मा मतदान गर्न अपिल गरे।
काठमाडौं संघीय राजधानी भएकाले यसलाई सबै नेपालीको साझा राजधानीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मनोहरा र शाली नदीले वर्षौँदेखि दिएको दुःख अन्त्य गर्ने स्पष्ट योजना रहेको बताए।
उनले घरेलु उत्पादनलाई कानुनी मान्यता र प्रभावकारी प्रोत्साहन दिने, कर प्रणालीमा सुधार गरी करको दर न्यूनीकरण गर्ने तथा कर र घुसको अन्त्य गर्दै स्वदेशी उत्पादनमा विशेष जोड दिने प्रतिवद्धता जनाए।
“निशुल्क शिक्षा र स्वास्थ्य सुनिश्चित गर्नकै लागि मैले उम्मेदवारी दिएको हो,” मगरले भने।


सुकुम्बासी पीडित संघर्षका संयोजक तथा समानुपातिक उम्मेदवार कालबहादुरले पनि शून्य कर, भ्रष्टाचारमुक्त नेपाल निर्माण र आधारभूत सेवा—पानी, बिजुली, शिक्षा र स्वास्थ्य—निशुल्क उपलब्ध गराउने लक्ष्य रहेको बताए। साथै, मौलापुर मा लागू गरिएका विभिन्न सेवा–सुविधा काठमाडौंवासीलाई पनि उपलब्ध गराउने उद्देश्य रहेको उनले स्पष्ट पारे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x