शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

निर्वाचन ११ दिन बाँकी: ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा तिब्र

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौँ, फागुन १० — आगामी निर्वाचनका लागि ११ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
निर्वाचनलाई बढी सहभागितामूलक बनाउने तथा बदर मतको प्रतिशत घटाउने उद्देश्यले आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म देशका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ।
आयोगका अनुसार स्वयंसेवकहरू मतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमुना मतपत्रमार्फत मतदान प्रक्रिया, मताधिकारको महत्त्व तथा मतदान गर्ने तरिकाबारे जानकारी गराइरहेका छन्।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ। उनीहरूलाई अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको आयोगले जनाएको छ।
यसैबीच, निर्वाचन आचारसंहिताविपरीत मिथ्या तथा भ्रमपूर्ण सूचना प्रसारण गर्ने र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूमाथि निगरानी कडा पारिएको छ। आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय रहेको बताइएको छ।
आयोगका अनुसार हानिकारक सूचना उत्पादन तथा सम्प्रेषणमा संलग्न २९० कन्टेन्ट उत्पादक र प्रसारकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ। त्यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस काउन्सिल, नेपालमा तथा एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x