सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं, ६ फागुन । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले आज विशेष उत्साहका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ दिने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ।
महायान बौद्ध परम्पराअनुसार चन्द्रमासको गणनाका आधारमा फागुन शुक्लपक्ष प्रतिपदादेखि नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ। यस अवसरमा गाउँ–टोल, बाटोघाटो तथा पानीका मुहानहरूको सरसफाइ गर्ने, गुम्बा दर्शन गर्ने तथा धर्मगुरु एवं लामाबाट आशिर्वाद लिने चलन छ।
पर्वका अवसरमा नौ प्रकारका अन्न मिसाएर बनाइने विशेष परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने, आपसमा शुभकामना आदानप्रदान गर्ने तथा परिवारजनसँग मिलेर उल्लासपूर्वक समय बिताउने परम्परा रहेको छ। स्याब्रु नृत्य र तुङ्गना (डम्याङ)को मधुर धुनले पर्वलाई थप रौनकपूर्ण बनाउने गर्दछ।
ग्याल्पो ल्होसारलाई पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ। यस पर्वले समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना सुदृढ बनाउने विश्वास गरिएको छ। नयाँ वर्षसँगै नयाँ आशा, उमङ्ग र उत्साह बोकेर आउने यस पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्ने विश्वास छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x