सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

ब्राउन सुगरसहित चार पक्राउ

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगका अनुसार आइतबार दिउँसो गोप्य सूचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नं.४ मा प्रहरी टोलीले चन्द्रपुर वडा नं. १ बागमती बस्ने ३२ वर्षीय तुलबहादुर लामालाई  खानतलासी गर्दा उहाँको साथबाट ब्राउन सुगर सेवन गर्न प्रयोग गरिने रु. ५ को फोल्ड, ब्लेड लगायतका लागुऔषध बरामबर गरेको जनाइएको छ ।

यसैगरी, चन्द्रपुर वडा नं.४ गणेश चोकमा रहेको दुर्गाबहादुर घलेको घरमा डेरा लिइ बस्ने उदयपुर गाईघाट घर बताउने २३ वर्षीया प्रिया तामाङ र चन्द्रपुर –४ का ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई समेत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक लाबुंगका अनुसार सो कोठाबाट ब्राउन सुगर जस्ता बस्तुहरूको तौल गरिने मसिन, ब्राउन सुगर राख्न प्रयोग हुने कालो प्लाष्टिकको टुक्राहरु बरामद भएको छ ।

पक्राउ परेकासँग सोधपुछका आधारमा चन्द्रपुर वडा नं.१ मा रहेको अमृत घिसिङको घरबाट चन्द्रपुर ४ का २९ वर्षीय  प्रशान्त तामाङलाई पक्राउ गरिएको  प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिनुभयो । तामाङ्ग बस्ने  कोठाबाट कालो प्लास्टिकको पुरियामा राखेको २४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र अन्य समानहरु बरामद गरीएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले जनाएको छ । स्रोत वर्णन media

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x