शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

२० लाख धरौटी बुझाएर महरा रिहा

Spread the love

बिहीबार ११ मंसिर २०८२

काठमाडौं /  पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा भएका छन्।

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महराको हकमा बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी उक्त धरौटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महरा २० लाख धरौटी बुझाएर रिहा भएको बताएका छन्

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उक्त प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनी पक्राउ परेका थिए।

महरा त्यसपछि उक्त आदेशविरूद्ध उच्च अदालत पाटनमा पुगेका थिए। तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएकाले अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको आदेशमा उल्लेख छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x