शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्यो ‘नागरिक करार’

Spread the love
काठमाडौं, ३ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नागरिक करार’ सार्वजनिक गरेको छ। अघिल्ला चुनावहरूमा विभिन्न दलले गरेका वाचा पूरा नभएको सन्दर्भ उठाउँदै रास्वपाले यसपटक जनतासँग प्रत्यक्ष प्रतिज्ञाको करार गर्ने घोषणा गरेको हो।
पार्टीका अनुसार उक्त करारलाई विस्तृत रूपमा आगामी फागुन ७ गते कर्णाली प्रदेशबाट औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
रास्वपाले नागरिक करारको पहिलो बुँदामै ‘सदाचार र असल शासन’लाई प्राथमिकतामा राखेको छ। हालको राज्य संरचनामा दलीय दोहन, प्रक्रियाकेन्द्रित भ्रष्टाचार र लाइसेन्सराज मौलाएको उल्लेख गर्दै सामान्य सेवा लिनसमेत नागरिक विचौलियाको शरणमा जान बाध्य रहेको दाबी गरिएको छ।
पार्टीले नीति, आचरण र संस्थागत सुधारमार्फत भ्रष्टाचारविरोधी महाअभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ। सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलिभरी प्रणाली लागू गर्दै Transparency Internationalको भ्रष्टाचार सूचकांकमा नेपालको स्थानमा उल्लेखनीय सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, राज्य संरचनामा बढ्दो दलीयकरणको अन्त्य गर्दै २०४६ सालदेखि हालसम्मको सम्पत्ति छानबिन गर्न उच्चायोग गठन गर्ने लक्ष्य पनि करारमा समेटिएको छ।
रास्वपाले एकल बहुमत प्राप्त भए पनि करारअनुसारका सर्त पालना नगरे नागरिकले आगामी निर्वाचनमा आफूहरूलाई सजाय दिन सक्ने स्पष्ट उल्लेख गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x