सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

गलत सूचना, गालीगलौज र चरित्रहत्या गरे कारबाही हुने चेतावनी
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

शनिबार २४ माघ २०८२
काठमाडौं / निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि नेपाल प्रहरीले उच्च निगरानी सुरु गरेको छ। विशेषगरी युवापुस्ताले सामाजिक सञ्जालमार्फत आवेगमा आएर गालीगलौज गर्ने, भ्रामक तथा मित्थ्या सूचना सेअर गर्ने गतिविधि बढेपछि निगरानी कडा बनाइएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार सामाजिक सञ्जालको दुरुपयोग रोक्न विशेष टोली गठन गरी अनुगमन भइरहेको छ। साथै प्रहरीको साइबर ब्यूरोले पनि सूक्ष्म निगरानी गरिरहेको उनले जानकारी दिए।
उनका अनुसार सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यम प्रयोग गरी गलत सूचना फैलाउने, जातीय, धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने, अरूको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री उत्पादन, प्रचार वा सेअर गर्नु कानुनविपरीत अपराध हो।
प्रहरीले कुनै पनि घटना, अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुटो, गलत वा भ्रमपूर्ण रूपमा काटछाँट गरी अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ। यस्ता सामग्रीलाई लाइक, सेअर वा कमेन्ट गरेर प्रोत्साहन नगर्नसमेत सचेत गराइएको छ।
अनलाइनमा देखिएका कुनै पनि पोस्ट सेअर गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न आग्रह गर्दै प्रहरी प्रवक्ताले भने,
“सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ। जिम्मेवार नागरिक बनौँ र समाजमा शान्ति तथा सद्भाव कायम राख्न सहयोग गरौँ।”

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x