बालेन शाहको आगमनले रास्वपाको चुनावी माहोल तातेको तात्यै
सिन्धुपाल्चोकमा परिवर्तनको घण्टी बज्यो

एन्टिना घनश्याम,
सिन्धुपाल्चोक
पुराना दलको असफल राजनीति र खोक्रा भाषणबाट वाक्क बनेका मतदाताबीच परिवर्तनको सशक्त सन्देश बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) आज सिन्धुपाल्चोक पुगेका छन्।
ओखलढुंगामा मतदाता भेटघाट सकेपछि दोलखाको चरिकोट हुँदै सिन्धुपाल्चोक प्रवेश गरेका बालेनलाई मुडे, खाडीचौर र बाह्रबिसेमा जनलहरले स्वागत गरेको छ। बाह्रबिसे पुगेर उनले घण्टिघरमा घण्टी बजाउँदै परिवर्तनको उद्घोष गरेका छन्।
दोलखा र सिन्धुपाल्चोकको सिमाना खरीढुङ्गामा दिउँसो करिब १:३० बजे रास्वपा सिन्धुपाल्चोक समितिले बालेनलाई भव्य स्वागत गरेको थियो। त्यसपछि खाडीचौर हुँदै बाह्रबिसे पुगेका उनले घण्टिघरमा घण्टी बजाउँदै पुरानो राजनीतिलाई चुनौती र नयाँ शक्तिको संकेत दिएका हुन्।
बालेन आएपछि चुनावी मैदान तात्यो
सिन्धुपाल्चोक क्षेत्र नं. १ का रास्वपा उम्मेदवार भरत पराजुलीको नेतृत्वमा मुडेबाट खाडीचौर हुँदै बाह्रबिसेसम्म गरिएको स्वागत कार्यक्रमले जिल्लाको चुनावी तापक्रम एकाएक बढाएको छ। अँधेरीस्थित पार्टी सम्पर्क कार्यालयमा समेत भव्य स्वागतको तयारी गरिएको थियो।
काठमाडौं महानगरमा भ्रष्टाचारविरुद्ध कडा निर्णय, दलालविरोधी कदम र काम गरेर देखाउने नेतृत्व का कारण बालेन युवामाझ मात्र होइन, आम नागरिकबीच आशाको प्रतीक बनेका छन्।
उनको सिन्धुपाल्चोक आगमनले “अब पुराना अनुहार होइन, काम गर्ने नेतृत्व चाहिन्छ” भन्ने सन्देश मतदातामा स्पष्ट रूपमा प्रवाह गरेको छ।
रास्वपा = डर नमान्ने राजनीति
बालेनको उपस्थितिले सिन्धुपाल्चोकमा रास्वपाको अभियानलाई नयाँ ऊर्जा दिएको छ। पुराना दलका नेताहरू भाषणमै सीमित भइरहँदा, रास्वपा काम र परिणामको राजनीतिमा उत्रिएको सन्देश जनतामाझ फैलिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, बालेनको यो यात्राले सिन्धुपाल्चोकको चुनावी समीकरण हल्लिएको छ र आगामी दिनमा मतदाताको धारणा निर्णायक रूपमा परिवर्तन हुन सक्ने संकेत देखिएको छ।
सिन्धुपाल्चोकमा अब प्रश्न एउटै छ —
पुरानै असफलतालाई दोहोर्याउने कि, घण्टी बजाएर परिवर्तन रोज्ने?
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE