सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार बैंक खाता अनिवार्य

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

बुधबार २१ माघ २०८२
सप्तरी / जिल्ला निर्वाचन कार्यालय, सप्तरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले निर्वाचन प्रचार–प्रसारका लागि छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार उम्मेदवारले प्रचार–प्रसारसम्बन्धी सबै आम्दानी तथा खर्च अनिवार्य रूपमा बैंक खातामार्फत मात्र गर्नुपर्नेछ। तोकिएको प्रक्रिया अनुसार उम्मेदवारले बैंक खाता खोल्नुपर्ने र निर्वाचन खर्चको विवरण सार्वजनिक गरी ३५ दिनभित्र उक्त खाता बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचनमा आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न यो व्यवस्था लागू गरिएको जनाउँदै आयोगले सबै उम्मेदवारलाई नियमको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x