सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सप्तरी–३ मा धनिकलाल चौधरी ‘मोबाइल’ चुनाव चिन्हसहित परिवर्तनको यात्रामा

सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्य पदमा मेरो उम्मेदवारी किन ? धनिकलाल चौधरीका प्रमुख प्रतिबद्धता:
  • 722
  •  
  •  
  •  
  •  
  •  
  •  
    722
    Shares

बुधबार २१ माघ २०८२
सप्तरी / प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा आम जनता पार्टीका उम्मेदवार धनिकलाल चौधरीले परिवर्तनको स्पष्ट एजेन्डासहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले सप्तरी–३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। आम जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका चौधरी ‘मोबाइल’ चुनाव चिन्ह लिएर जनताको घरदैलोमा पुगिरहेका छन्।
चौधरीले जनताको हक–अधिकार, सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। लामो समयदेखि जनस्तरमा सक्रिय रहँदै आएका उनले स्थानीय समस्या, बेरोजगारी, शिक्षा, स्वास्थ्य र किसानका मुद्दालाई प्राथमिकतामा राखेर संसद्मा बलियो आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
उनले जनताको साथ र विश्वासबाट मात्र वास्तविक परिवर्तन सम्भव हुने बताउँदै आम मतदातालाई मोबाइल छापमा मतदान गर्न आग्रह गरेका छन्।
सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्य पदमा मेरो उम्मेदवारी किन ?
धनिकलाल चौधरीका प्रमुख प्रतिबद्धता:
सप्तरीको मान, सम्मान र गौरव बढाउन तथा क्षेत्र नं. ३ लाई विकासको मोडेल क्षेत्र बनाउन
जेन–जीको सपना साकार पार्न र जेन–जी आन्दोलनलाई सार्थक बनाउने
अपमानित किसानलाई सम्मान, सुरक्षा र पेन्सन व्यवस्था दिलाउन
युवालाई विदेश पलायन हुन बाध्य बनाउने नीतिको अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न
बैंक तथा वित्तीय संस्थामा भइरहेको लुट, ठगी र शोषणविरुद्ध कडा कारबाही गराउन
वित्तीय शोषणका पीडितलाई न्याय दिलाउन
गरिब तथा दलित समुदायका आवासविहीन परिवारलाई पक्की घर उपलब्ध गराउन
शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा सप्तरीलाई नमूना जिल्ला बनाउन
लुट, भ्रष्टाचार र कर आतंकले ध्वस्त भएको अर्थतन्त्र सुधार्न
भन्सारको नाममा भइरहेको लुट र भ्रष्टाचार अन्त्य गर्न
गरिबका छोराछोरी विदेशमा मर्नु पर्ने र नेताका छोराछोरी ऐस गर्ने विकृत प्रणालीको अन्त्य गर्न
देशमा फैलिएको दलाल–दलतन्त्र अन्त्य गरी आम जनताको शासन स्थापना गर्न वर्तमान प्रणाली सुधारका लागि जनता माझ जाने

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x