आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

आइतबार १८ माघ २०८२
काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ। महासंघका अनुसार चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x