नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

आइतबार १८ माघ २०८२
काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ। महासंघका अनुसार चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE