अराजकता होइन, स्थायित्व रोजौँ : खुश्बु ओली

शनिबार १७ माघ २०८२
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक उम्मेदवार खुश्बु ओलीले उक्साउने र गैरजिम्मेवार अभिव्यक्तिमार्फत समाजलाई विभाजन गर्ने राजनीति खतरनाक भएको बताएकी छन्। उनले यस चुनावमा अराजकता होइन, स्थायित्व रोज्न मतदातालाई आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले गल्ती स्वीकार्नुको सट्टा प्रविधिको नाममा जिम्मेवारीबाट भाग्ने प्रवृत्ति झन् गम्भीर अपराध भएको टिप्पणी गरेकी छन्। उनका अनुसार यस्तो गैरजिम्मेवार व्यवहारले समाजमा अविश्वास र विभाजन बढाउने काम गर्छ।
“उक्साउने र गैरजिम्मेवार अभिव्यक्तिबाट समाजलाई विभाजन गर्ने राजनीति खतरनाक छ। गल्ती स्वीकार्नुको सट्टा प्रविधिको नाममा जिम्मेवारीबाट भाग्नु झन् गम्भीर अपराध हो,” उनले लेखेकी छन्।
नेपाल मेलमिलाप, सहिष्णुता र सांस्कृतिक सम्मानमा आधारित राष्ट्र भएको उल्लेख गर्दै ओलीले विभाजन होइन, एकताको पक्षमा मतदान गर्न आह्वान गरेकी छन्।
“नेपाल एकताको देश हो। यो चुनावमा अराजकता होइन, स्थायित्व रोजौँ। विभाजन होइन, एकताको पक्षमा मतदान गरौँ,” उनले उल्लेख गरेकी छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE