शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

जनकपुरमा आम जनता पार्टीको चुनावी विशेष बैठक सम्पन्न

‘हत्यारा र हाईजैकरलाई चोट, यसपाली मोबाइल छापमा भोट’ नारासहित चुनावी कार्ययोजना तय
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

शुक्रबार १६ माघ २०८२
जनकपुरधाम / आम जनता पार्टी (आजपा) को चुनावी विशेष बैठक आज जनकपुरधाममा सम्पन्न भएको छ। ‘हत्यारा र हाईजैकरलाई चोट, यसपाली मोबाइल छापमा भोट’ भन्ने मूल नारासहित सम्पन्न उक्त बैठकले प्रतिनिधि सभा निर्वाचनमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ विस्तृत चुनावी कार्ययोजना तयार गरेको छ।
मधेश प्रदेश समिति, जनकपुरधामको आयोजनामा सम्पन्न बैठकमा पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहको विशेष उपस्थिति रहेको थियो। बैठकमा आगामी निर्वाचनमा संगठन सुदृढीकरण, जनतामुखी एजेन्डा, प्रचार–प्रसार रणनीति र मतदान केन्द्रसम्म पार्टीको पहुँच विस्तार गर्ने विषयमा गहन छलफल भएको थियो।
अध्यक्ष साहले बैठकलाई सम्बोधन गर्दै देशमा व्याप्त बेथिति, भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध आम जनता पार्टी वैकल्पिक शक्तिको रूपमा अघि बढिरहेको बताए। उनले जनताको पक्षमा दृढतापूर्वक उभिने पार्टीलाई बलियो बनाउन मोबाइल छापमा मतदान गर्न सबैलाई आह्वान गरे।
बैठकमा मधेश प्रदेशका पार्टी पदाधिकारी, जिल्ला प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आम जनता पार्टीलाई जनताको भरोसायोग्य राजनीतिक विकल्पका रूपमा स्थापित गर्न एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x