आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

सप्तरी–१ बाट हर्ख नारायण चौधरी प्रतिनिधि सभा सदस्यका उम्मेदवार

Spread the love

बिहीबार १५ माघ २०८२

सप्तरी /  उज्यालो नेपाल पार्टीका तर्फबाट हर्ख नारायण चौधरी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चौधरीले सप्तरी–१ बाट उम्मेदवारी दिएका हुन्। जनजीविकाका सवाल, सुशासन, पारदर्शिता तथा दिगो विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी र किसानका समस्यालाई प्राथमिकतामा राखेर संसद्मा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। उनले जनताको हक–अधिकारको संरक्षण र क्षेत्रको समग्र विकासका लागि इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन्।
उम्मेदवार चौधरीले सप्तरी–१ का मतदातासँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै जनताको विश्वास र समर्थनले मात्र सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x