शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिँदै

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

बिहीबार ८ माघ २०८२

काठमाडौं / नेपाली कांग्रेसले भोलि पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा घोषणा गर्ने भएको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा गएर पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएका हुन् ।

महामन्त्री प्रदीप पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजे नवनिर्वाचित पदाधिकारीहरू पार्टी मुख्यालय सानेपा जाने कार्यक्रम छ । नयाँ कार्यसमिति निर्वाचित भएको एक साताभन्दा धेरै समय भइसक्दा पनि यो कार्यसमिति पार्टी मुख्यालय गएको छैन । अहिलेसम्मका कार्यसमिति बैठक होटलमा भएका छन् ।

भोलि भने केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा बस्नेछ । सोही बैठकले सभापति गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्नेछ ।स्रोत डिसिनेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x