आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

जसपा सिराहाका पूर्व अध्यक्ष रामलोचन ठाकुर स्वामीजी आजपा प्रवेश

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

 

काठमाडौं, २० पुष । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सिराहा जिल्लाका पूर्वअध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले स्वामीजीलाई आज आफ्नो पार्टीमा स्वागत गरेका हुन् । स्वामीजी सिराहाको कल्याणपुर निवासी हुन् । यसअघि सिराहा–४ बाट ०७९ को निर्वाचनमा दोस्रो भएका जनमत पार्टीका प्रभावशाली नेता वीरेन्द्र साहपनि आजपामा प्रवेश गरेका थिए ।

स्वामीजीलगायतलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष साहले फेशबुकमा लेखेका छन्–‘सिरहा जिल्ला कल्याणपुर निवासी जसपा नेपालको पुर्व जिल्ला अध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ लगायतका व्यक्तिहरू आज हाम्रो आम जनता पार्टीमा प्रवेश गर्नुभएकोछ । वहाँहरूलाई हाम्रो पार्टीमा स्वागत सम्मान सहित हार्दिक बधाई एवं शुभकामना ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x