सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कांग्रेसका ६५ निवर्तमान सांसदको हस्ताक्षर सहित प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्चमा

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

sharethis sharing button
मङ्गलबार ८ पुस २०८२

काठमाडौं / नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहितको हस्ताक्षर सर्वोच्च अदालत पुगेको छ।

कूल ८७ जनामध्ये ६५ जनाको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालत आज दर्ता गरिएको हो।

कांग्रेसका थप सांसदहरूले हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत दर्ता गराएको सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। भोलि पूरक निवेदनसहित पेसी चढ्ने उनले जनाएका छन्।

यसअघि कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए उक्त रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x