कस्तो रहला आजको मौसम ?

बिहिवार १८ मंसिर २०८२
काठमाडौ / हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE