शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

  • 80
  •  
  •  
  •  
  •  
  •  
  •  
    80
    Shares

मङ्गलबार ९ मंसिर २०८२

काठमाडौं / प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमालेका नेता महेश बर्तौलाका अनुसार रिट निवेदनमा प्रतिनिसभा विघटन असंवैधानिक रहेको भन्दै पुनर्स्थापनाको माग गरिएको छ।

‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन नेकपा (एमाले) संसदीय दल (असंवैधानिक ढङ्गबाट बिघटित प्रतिनिधिसभा) को तर्फबाट आज सम्मानित सर्वोच्च अदालतमा पेश गरिएको छ,’ नेता बर्तौलाले भने।

एमालेको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको निष्कर्ष निकालेको थियो। उक्त बैठकले नेता बर्तौला र सुनिता बराललाई सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि अख्तियारी दिएको थियो। स्रोत डिसिनेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x