काठमाडौं / निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएको छ । रेशम चौधरी संरक्षक रहनेगरी सो दल दर्ता भएको हो । नाउपा नेपालको अध्यक्षमा कवीर सोप रहेका छन् ।
रेशम चौधरीलगायतका नेताहरु आज निर्वाचन आयोगमा पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका हुन् । टीकापुर घटनापछि जेल परेका रेमशले जेलभित्रबाटै नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । उक्त पार्टीको अध्यक्ष आफ्नै श्रीमती रञ्जिता श्रेष्ठलाई बनाएका थिए ।
पार्टीको विषयलाई लिएर पछिल्लो समय रेशम–रञ्जिताबीच मनमुटाव बढ्दै गएको अवस्थामा रेशमले छुट्टै दल दर्ता गराएका हुन् ।







WRITE COMMENTS FOR THIS ARTICLE