शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश स्वीकार्य छैन : सूर्य थापा

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

बिहीबार २३ असोज २०८२

काठमाडौं / नेकपा (एमाले) का नेता सूर्य थापाले प्रधानमन्त्री सुशीला कार्की र गृह मन्त्री ओमप्रकाश अर्यालले चुनाव गराउन नचाहेको बताएका छन्। केपी शर्मा ओली सहितका नेताहरुलाई पक्राउ गर्न गैरकानुनी आदेश दिएको भन्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘सुशीला कार्की र ओमप्रकाश अर्याल चुनाव गराउने प्राणी होइनन्। यिनका कामको आजीवन फेहरिस्तले बताउँछ, चुनाव फोविया, ‘थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्।लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन।’

चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसकेको बताउँदै उनले गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुने बताए। लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य नहुने बताउँदै उनले विधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसार्ने दाबी गरेका छन्।

थापाले सामाजिक सन्जालमा लेखेका छन्

अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन्। यिनका कामको आजीवन फेहरिस्तले बताउँछ- चुनाव फोबिया। चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्।लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन।

चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसके। गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै । साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पु-याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ)ले हेक्का राख्न जरूरी छ।

एक एक ऐतिहासिक सम्पदा,सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन्। राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x