शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुदनले सुरु गरे ‘एरेष्ट केपी ओली एण्ड रमेश लेखक’ ट्रेण्ड

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

सोमबार २० असोज २०८२

काठमाडौं / हामी नेपालीका संयोजक सुदन गुरुङले एरेष्ट केपी ओली, एरेष्ट रमेश लेखक एण्ड एरेष्ट मडर्रर भन्दै ट्रेण्ड सुरु गरेका छन् । राष्ट्रको लागि केही गर्न वा मर्न भन्दै उनले यो अभियान सुरु गरेका छन् ।

जेन–जी आन्दोलनको क्रममा दमन गर्दा सरकारको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओली थिए भने गृह मन्त्रालयको कमाण्ड कांग्रेस नेता रमेश लेखकले सम्हालेका थिए । भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाईएको छ ।

आयोगले ओली, लेखकसहित पाँच जनाको राहदानीसमेत रोक्का गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका छाड्नसमेत प्रशासनको अनुमति लिन भनिएको कुरा बाहिरिएको छ । सुदले सार्वजनिक गरेको एरेष्ट क्याम्पेनमा तत्काल उनीहरुलाई पक्राउ गर्न भनिएको छ । अन्यथा राष्ट्रले नै एक्सन लिनेछ भनेर चेतावनी दिएका छन् । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x