शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

जेन जीको महान बलिदान खेर नजाओस्: रामापा

  • 152
  •  
  •  
  •  
  •  
  •  
  •  
    152
    Shares

 

मङ्गलबार ३१ भदौ २०८२

काठमाडौ / राष्ट्रिय मात्रीभुमी पार्टिले जेन जीको महान बलिदान खेर नजाओस् भनेर खबरदारी गरेका छन् ।

आइतबार संवाद डबली काठमाडौमा पार्टीले पत्रकार सम्मेलन गर्दौ यस्तो प्रतिक्रिया दिएको हो।
पार्टिले कार्यक्रममा संविधानको रक्षाका नाममा भ्रष्ट व्यवस्था बचाउने खेल भएकोसमेत आरोप लगाएको छ ।
वरिष्ठ नेता केबी लिम्बुले राष्ट्रिय सम्पत्तिमा आगो लाग्दैगर्दा सेनालगायत सुरुक्षा निकायले अन्देखा गर्नु देश असफल बनाउने डरलाग्दो षड्यत्रको आशंका गरे । उनले त्यसलाई छानविन गरेर दोषीलाई कारबाही गरिनुपर्नेसमेत माग राखे ।

यसैगरी,पार्टीका अध्यक्ष रामशरण पाण्डेले जेन्जीहरुले देश बनाउने असल नियतका साथ आन्दोलन गरे पनि त्यसमा घुसपैठको कारण ठूलो क्षति भएको जिकिर गरेका छन् ।उनले आन्दोलनका कारण प्रधानमन्त्रीदेखि सरकारका सबै निकाय कुर्सी छाडेर भागिसकेपछि पुनः उनिहरुले संविधान र व्यवस्था जिवित छ भन्नु गलत भएको बताएका छन् ।
त्यसैगरी,महासचिव गोविन्द गिरीले जेन्जीले मुलरुपमा देशमा व्याप्त वेथिति, भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरेकाले सोही अनुरुप नवनियुक्त प्रधानमनत्री शुसिला कार्कीले कार्य अगाडी बढाउनु पर्ने जोड दिए भने उपमहासचिव लक्ष्मिदत्त भट्टले जेन्जीको आन्दोलनमा घुसपैट गरेर त्यसको मर्मको अपहरण गरिएको आरोप लगाए । सचिव तोप गुरुङले सो कार्यक्रमको सञ्चालन गरेका थिए ।


मागहरुः
१) देशमा भएको बेथिति, भ्रष्टाचार र चरम आर्थिक विश्रृंखलताको कारण सिर्जना भएकोे जेन—जीको आन्दोलनका उपलब्धिलाई सुरक्षित र संरक्षित गरी मुलुकलाई नयाँ दिशा दिनु पर्ने । शान्तिपूर्ण जनविद्रोह निर्मम ढंगले दबाउन युवा विद्यार्थीको हत्या गर्ने सम्पूणर््ा दोषीहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नु पर्ने ।
२) आन्दोलनबाट व्यवस्था र अवस्थाको परिवर्तनका लागि दिशानिर्देश प्राप्त भएको हुँदा मृत संविधानको अस्तित्व कागजमा मात्र सीमित रहेको ।
३) राष्ट्रपति र अन्य राजनीतिक दलहरुको हालका विज्ञप्ति संविधानको व्यवस्था र देशको अवस्थालाई यथावत राख्ने पक्षमा भएकाले प्रतिगामी तत्व पुनः जाग्ने अवस्था रहेको ।
४) ब्याप्त भ्रष्टाचार र अकूत सम्पत्तिको संग्रह सम्बन्धमा छानविन गरी राष्ट्रियकरण गर्ने र दोषीलाई कडा कारवाही गर्ने ।
५) आगजनी, लुटपाट र कैदी भगाउने हरकत उपर ६ महिना भित्रमा नै छानविन सम्पन्न गर्नु पर्ने ।
६) जेन—जीको आडमा स्वार्थ सिद्ध गर्ने समूहसँग सचेत रहने ।

७) राष्ट्रिय सभा, प्रदेश सभा र विभिन्न आयोग, प्रतिष्ठानहरु तत्काल खारेज गरी त्यहाँ भइरहेका साधनस्रोतको व्यय पुनःनिर्माणमा लगाउनु पर्ने तथा पूर्व भि.आई.पि.हरुको सेवा सुविधा तत्काल खारेज गर्नु पर्ने ।
८) नवगठित मन्त्रीपरिषद्का सदस्यहरुले आधा तलवमा सेवा दिनु पर्ने । यसैगरी स्थानीय तहका जनप्रतिनिधिले पनि आधा तलवमा अर्को निर्वाचन नभएसम्म काम गर्नु पर्ने, काम नगर्नेले राजीनामा दिनु पर्ने ।
९) क्षतिग्रस्त संरचना पुनःनिर्माणको लागि नेपाली सेना परिचालन गर्नु पर्ने ।
७) आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषित गरी क्षतिपूर्ति र परिवारको एक जनालाई तत्काल सरकारी नोकरीमा अवसर दिनु पर्ने । घाइतेहरुलाई पूर्णरुपमा निःशुल्क उपचार गर्नु पर्ने ।
८) नयाँ बानेश्वर स्थित संसद भवन पुनःनिर्माण गरी सो भवनको नाम “जेन—जी स्मृति सभा भवन” नामाकरण गर्नु पर्ने र भवनको परिसरको पार्कमा जेन—जी सहिदको प्रतिमा निर्माण गर्नु पर्र्नेे साथै भाद्र २३ लाई जेन—जी सहिद स्मृति दिवसको रुपमा मनाउनु पर्ने ।

८) वाह्य प्रभाव र दबाबबाट पूर्णरुपमा मुक्त भएर नयाँ नेपाल निर्माणको अभियान थालनी गर्नु पर्ने ।
१०) राष्ट्रिय मातृभूमि पार्टीको प्रस्तावित शासकीय स्वरुपका विशेषताहरु जेन—जीको मागसँग सामञ्जस्य रहेको सन्दर्भमा पूर्ण प्रजातान्त्रिक विशेषताहरु सहितको नेपाली राष्ट्रवाद र नेपालवाद झल्किने मौलिक संविधान संशोधन वा पुनर्लेखनको माध्यमबाट जारी हुनु पर्ने ।
उल्लिखित बुँदाहरुमा यस पार्टीबाट कुनै स्पष्टीकरण वा सहयोग र सल्लाह जेन—जी र सरकार समेतलाई आवश्यक परेमा त्यस विषयमा सहकार्य र समन्वय गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको जानकारी गराउँदछौं ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x