वर्तमान सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु भनेको ‘गोरूबाट दूध पाउने अपेक्षा’ जस्तै हो – प्रभु साह

शुक्रबार २० भदौ २०८२
काठमाडौं / आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक संजाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, संगठित हुने अधिकारको समेत उल्लङ्घन गरेको साहले जनाएका छन ।
नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु भनेको ‘गोरूबाट दूध पाउने अपेक्षा’ गरे जस्तै भएको टिप्पणी आजपा अध्यक्ष साहले गरेका छन ।
`सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक छ । यसले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, सङ्गठित हुने अधिकारको समेत उल्लङ्घन गरेकोछ । अहिले २१ औ शताब्दीको सूचना प्रविधिको युगमा सरकारको यो कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । अहिलेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु ‘गोरूबाट दूध पाउने अपेक्षा’ जस्तै हो । यसर्थ अपवित्र गठबन्धनको राजनीतिकलाई अस्विकार गरौ ! लोकतान्त्रिक अधिकारको पक्षमा आवाज बनौ !´ आजपा अध्यक्ष साहले सामाजिक संजाल फेसबुकमा लेखेका छन ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE