शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

बेथिति बिरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै रास्वपाले  गरे प्रतिनिधिसभा बैठक बहिष्कार

  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

बिहीबार १९ भदौ २०८२

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै  निरन्तर संसद बहिष्कार गर्दै आएका हुन्।

आज पनि संसद बैठक सुरु हुनेबितिकै  सांसदहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिएका थिए।

सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलन जारी रहेको बताए। उनले बेथिति बिरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै आपत्ति जनाए।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले पनि बिहीबार  प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x